२०८३ बैशाख ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १९ माघ । भारतका विभिन्न राज्यमा कुखुरालगायतका पन्क्षीहरुमा बर्डफ्लु देखिएतापनि नेपालमा कुखुराको अवैध आयात पूर्ण रुपमा रोकिएन छैन । यसरी अवैध रूपमा भित्रिएका कुखुराले नेपालमा बर्डफ्लुको खतरा बढ्दै गएको छ ।

प्रहरी गस्तीले कुनै-कुनै ठाउँमा तस्करी भएका कुखुरा समातेपनि खुला सिमानाका कारणले कुखुराको चोरी तस्करी बढिरहेको छ । यता, काठमाण्डौको तारकेश्वरका घरपालुवा पक्षीहरुमा बर्डफ्लु पुष्टि भएपछि देशैभरिका किसानहरुको चिन्ता बढेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

बर्डफ्लु जताततै देखिए पनि अवैध रूपमा कुखुरा भित्रिनेक्रम जारी नै छ, यसले गर्दा नेपालमा बर्डफ्लुको जोखिम थप बढेकाे पोल्ट्री व्यवसायी सङ्घ सुनसरीका सचिव डा. राजकुमार यादवकाे भनाइ छ ।

“यस्तो समयमा सबैले सतर्कता अपनाउनु पर्ने हो । तर, केही तस्करहरुले यहि मौकालाई फाइदा कमाउने बाटो बनाएका छन्,”उनले भने, “ कमसेकम यस्तो बेलामा सबै सचेत र सावधान हुनुपर्ने हो । तर हाम्रा केही व्यवसायीले यसैलाई मौका बनाएर इण्डियन कुखुरा भित्र्याइरहेका छन् ।”

नेपालका कुखुरा व्यवसायीले सहयोग नगर्ने हो भने भारतीय कुखुरा यहाँ भित्रिन पाउँदैन । तर, पैसा कमाउने यही मौका हो भन्ने सोच भएका नेपालकै व्यवसायीबाट पोल्ट्री व्यवसायलाई आघात पुगिरहेको पोल्ट्री तथा मासु व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष मनोज कुँवर बताउँछन् ।

साथै सम्पूर्ण व्यवसायीलाई आग्रह गर्दै कुँवर भन्छन्, “ यस्तो बेलामा केही समय बरु कुखुरा नबेचौं, तर भारतबाट कुखुरासँगै बर्डफ्लु भित्र्याएर यहाँको पोल्ट्री व्यवसायलाई तहसनहस नपारौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!