२०८३ बैशाख ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, २१ माघ ।  निर्यातजन्य वस्तु नेपाली चियाका लागि सरकारले १७ करोड ८२ लाख रुपियाँको नयाँ परियोजना सुरु गरेको छ । सरकारी तवरबाट सुरु भएको यो परियोजना कृषि वस्तुमध्येकै ठूलो भएको सरोकारवालाले बताएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत सरकारले नेपाली चियाको दिगो निर्यात अभिवृद्धि आयोजना सुरु गरेको बोर्डले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयसमेतको सहभागितामा सुरु भएको यो परियोजना आगामी २०२३ को अप्रिलसम्म सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, अर्गानिक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्य वृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सिर्जना गर्ने यो परियोजनाको मुख्य लक्ष्य रहेको चिया तथा कफी विकास बोर्डका योजना अधिकृत गौरव लुइँटेलले जानकारी दिए ।

“अर्गानिक प्रमाणीकरण गर्न अनुदान सहयोग तथा प्रमाणीकरण गर्ने निकायसँग साझेदारी गर्ने हाम्रो अर्को कम्पनेन्ट रहेको छ । नेपाली चियाको ब्रान्ड, ट्रेडमार्क कार्यान्वयन, प्रचार र प्याकेजिङसहित नयाँ बजारका लागि चियाको पहुँच विस्तार पनि परियोजनाको लक्ष्य छ,” उनले भने ।

परियोजनाले चियाको मूल्य शृङ्खला र बजारीकरणलाई ‘ट्रेसिबिलीटी सिस्टम’ मार्फत सजिलो हुने भन्दै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुकुमार भट्टराईले यो परियोजना चियाको बोटदेखि विश्व बजारमा गएको एक गिलास चियासम्म सञ्चालन हुने जानकारी दिए । उनले यो वर्ष लोगो पाउने उद्योगमार्फत ‘ट्रेसिबिलीटी सिस्टम’ लागू हुने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!