२०७७ फाल्गुन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी, २१ माघ । सप्तरीमा १८ महिनादेखि बेपत्ता महिलाको मानव कंकाल भेटिएकाे छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी पत्नी ७५ वर्षीया रासोदेवीको कंकाल बुधबार फेला परेको हो ।

प्रहरीचौकी झुटकीदेखि करीब तीन सय मिटर पूर्वदक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरी जीर्णाेद्धार गर्ने क्रममा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

मानसिक सन्तुलन ठीक नभएकी रासोदेवी २०७६ साउन ३० गते रातिदेखि बेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!