विराटनगर, २१ माघ । विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । स्रोत नखुलेको एक लाख चार हजार भारतीय रुपैँयासहित झापा दमक नगरपालिका–९ पाडाजुङ्गीका ३१ वर्षीय अजय बलकोटी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शङ्का लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ पाँच सय दरका २ सय ८ थानसहित उनलाई मोरङको मटेरुवाबाट बुधबार पक्राउ गरिएकाे हाे ।
आवश्यक कानूनी कारवाहीका लागि उनलाई एकीकृत भन्सार जाँचचौकी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।




