२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २७ माघ । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल अब दुई सातामा आइपुग्ने भएकाे छ । दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले सो कम्पनीले मङ्गलबारबाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग मल बुझ्ने काम सुरु गर्ने जानकारी दिए ।

त्यहाँबाट मल बुझेपछि नेपालसम्म आइपुग्न धेरैमा दुई हप्ता लाग्ने उनको भनाइ छ । “बङ्गलादेशले पैँचोमा नै मल दिने भनेको बेला नै हामीले ढुवानी कम्पनी तथा बोरा छपाइ गरी ठीक पारेका थियौँ र उताको कम्पनीले पनि मल तयारी अवस्थामा राखेको थियो तर सरकार–सरकारको बीचमा के कुरा नमिलेपछि पछि जीटूजी सम्झौतामार्फत यो मल ल्याउन लागेको हो । त्यही भएर केही ढिला भएको छ, ” उनले भने ।

भारतमा भन्सार प्रक्रिया पूरा गरी ढुवानी कम्पनीले जसरी त्यहाँको कारखानाबाट मल प्राप्त गर्छ, त्यसरी नै नेपाल पठाउने काम हुने उनले बताए । बङ्गलादेशको कर्पोरेसनले १० हजार मेट्रिक टन मल प्याकिङ गरेर नै दिनेछ, त्यो बुझ्नेबित्तिकै नेपाल ल्याउने प्रक्रिया सुरु हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बताए ।

बाँकी ४० हजार मेट्रिक टन मल प्याकिङ गरेर ल्याइने उनले बताए । फागुन पहिलो वा दोस्रो हप्तातिर बङ्गलादेशको मल नेपाल आउन सुरु हुने उनले बताए । मल आउने वित्तिकै किसानलाई पनि वितरण गर्ने कार्य सुरु हुने उनले बताए ।्उर

बङ्गलदेशबाट आउने युरिया मल चैते धानका लागि मात्र प्रयोग हुने प्रवक्ता पोखरेलले बताए । अहिले कम्पनीसँग पाँच हजार युरिया, डीएपी २१ हजार, पोटास सात हजार दुई सय मेट्रिक टन मौज्दात छ । वैशाखसम्म एक लाख १० हजार मेट्रिक टन मल कम्पनीको भण्डारमा मौज्दात हुन्छ, जुन धान खेतीका लागि प्रयोग हुने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!