२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, माघ २७ गते । आउँदो तीन वर्षभित्र मुलुकको सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक पुर्याइने भएको छ । सरकारले रुपान्तरणकारी आयोजनाको रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रम अगाडि बढाएको हो । सरकारको पन्ध्रौँ पञ्च वर्षीय आयोजनाअन्तर्गत यो कार्यक्रमलाई सूचीकृत गरिएको छ ।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टाले अहिलेसम्म एउटा पनि पक्की बाटोले नजोडिएका स्थानीय तहको केन्द्रसम्म अबको तीन वर्षभित्र कालोपत्रे सडक निर्माण कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार यस कार्यक्रमलाई तीव्रता दिन सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना भइसकेको छ ।

यस कार्यक्रमलाई अगाडि बढाउन सरकारले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ पारित समेत गरिसकेको छ । मन्त्रिपरिषद्को पुस १० गतेको बैठकले सो कार्यविधिलाई पारित गरेको थियो ।

यस कार्यक्रमलाई अगाडि बढाउनका लागि विभागले सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्रका बाटो पहिचान गरी १० दिनभित्र प्रतिवेदन बुझाउन परिपत्र भइसकेको उनले बताए । विभागले माघ २१ गते सबै स्थानीय तहलाई परिपत्र गरेको हो । उनका अनुसार यसै महिनाको ३० गतेभित्र स्थानीय तहहरुले कार्यपालिका स्तरीय निर्णय गरेर विभागलाई पत्र पठाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!