२०८० जेष्ठ १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका भारतको सिमाना सँग जोडिएको हुँदा त्यहाँ ठाउँमा अवैधरुपमा भन्सार छली गरी ल्याएको समान बरामत गरेको छ । तस्करहरुले भन्सार छलि गरि ल्याएको ८० हजार बराबरको किराना सामानहरु र रक्सी सशस्त्र प्रहरीले बरामत गरेको सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र बस्नेत जनकारी दिनुभयो । बरामत गरेको समान भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरी बल देवानगञ्जका सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतको कमाण्डमा खटिएको टोलीले खुल्ला सिमानाबाट लुकाइछिपाइ गरी ल्याउदै गरेको चिनी,प्याज,खाने तेल जस्ता खाद्ययानका समानहरू र नेपाल बाट रकसी भारत तर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरीले  नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ । सुनसरी जिल्लाका अन्य सिमाहरुमा पनि स्कुल पढ्ने विधार्थी हरुले समेत साईकलमा डिजल,पैट्रोल र अन्य सामानहरु ओसार पोसार गरिरहेको बताउनुभयो । अहिले सिमामा चेकजाँचमा कडाइ गरेकोले तस्करी कम भएको सशस्त्र प्रहरी निरीक्षक  बस्नेतले बताउनुभयो । नजिकै आईरहेको दशै तिहारलाई मध्य नजर गरी चोरी र अवैध समानहरुलाई न्युनिकरण गर्न सशस्त्र प्रहरी देवाञ्गञ्जले २४ घण्टा काम गरिरहेको सशस्त्र प्रहरी निरीक्षक बस्नेत बताउनुभयो। चेक पोष्टमा बसेर डिउटीको समयमा सर्तक रहन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!