२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, ३ फागुन । सरकारले किसानको वर्गीकरण गरी कृषिक्षेत्रमा फड्को मार्ने तयारी गरेको छ । यसै साता किसान वर्गीकरण कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराई देशैभरि कार्यान्वयनमा ल्याउने तयारी कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ ।

किसानको वर्गीकरण भयो भने कृषिका धेरै समस्या आफैँ समाधान हुने मन्त्रालयले दाबी छ । किसानको पहिचान नभएर कृषिका धेरै क्षेत्र अस्तव्यस्त छन् । त्यसले गर्दा कहाँ लगानी गर्ने, के उत्पादन गर्ने, बजार के लैजाने, आयात के गर्ने, निर्यात के गर्ने, कुन वस्तु कति उत्पादन हुन्छ, कहाँ कहाँ उत्पादन हुन्छ, किसानलाई केका लागि के के चाहिन्छ लगायतका कुरा स्पष्ट भएपछि कृषिक्षेत्र आफैँ आत्मनिर्भरतर्फ अगाडि बढ्ने कृषि मन्त्रालयको बुझाइ छ ।

कृषि क्षेत्रको नीति तथा कानुनमा व्यापक सुधार गर्दै अनुसन्धान प्रविधि, प्रसार, उत्पादन वृद्धि गरी कृषि क्षेत्र आत्मनिर्भरतातर्फ अगाडि बढेको छ । वर्तमान सरकारले कृषिलाई विशेष प्राथमिकतामा राख्दै १० वर्षमा कृषिको उत्पादनलाई दोब्बर बनाउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार कृषिक्षेत्र आत्मनिर्भरतर्फ अगाडि बढ्दैछ ।

प्रत्येक वर्ष कृषि उत्पादनमा वृद्धि नै भइरहेको छ । कृषि आत्मनिर्भरतर्फ अगाडि बढेको खाद्यान्न आयातमा कमी आउनुले पुष्टि गरेको छ । पछिल्लो समय विदेशबाट आउने खाद्यान्नमा कमी आएको छ भने निर्यातमा वृद्धि भएको कृषि मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!