२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दैलेख, ५ फागुन । चामुण्डा विन्द्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न थालेको छ । सहकारी संस्थाले २०७७ साउनदेखि कृषकले उत्पादन गरेको दूधलाई बजारीकरण सुरु गर्न थालेको हो ।

बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले उत्पादन गरेका फलफूल, तरकारी, भटसमासलगायत जैविक वस्तुलाई बजारीकरण गरी स्थानीयस्तरका कृषकको आम्दानी बढाउन थालेको सहकारी संस्थाका अध्यक्ष भीमबहादुर रावतले बताए । पहिलो चरणमा दुग्ध विकास कार्यक्रम सञ्चालनमा ल्याएको बनाउँदै उनले कृषकबाट दूध प्रतिलिटर ६० रूपैयाँले खरीद गरी प्रदेश राजधानी सुर्खेतमा पठाउने गरेकाे बताए ।

उनले भटमास, केराउ, तरकारीसमेत निर्यात गर्ने बताए  । सहकारीमा ५० जना कृषकले दूध बिक्री गर्ने गर्दछन् । सहकारीले दूध मात्रै नभई स्थानीयस्तरमा उत्पादन गरेका नगदेबाली, फलफूललगायतका कृषिजन्य वस्तुको बजारको बजारीकरण गरेको स्थानीयवासी बताउँछन् ।

सहकारीले बोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रशोधन उद्योग सञ्चालनमा ल्याउने तयारीसमेत थालेको छ । सहरकारीले नै स्थानीय उत्पादनको बजारीकरण गर्न थालेपछि कृषकले आफू उत्पादित वस्तु बिक्री हुँदैनन् कि भन्ने चिन्ता हटेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए ।

सहकारीले कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशु सेवा कार्यालयबाट रु एक करोड, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको रु ३० लाख र सहकारीको रु ३० लाख गरी रु एक करोड ६० लाखमा एक सय जना कृषकलाई भैँसी वितरण गरेको छ ।

एक जना कृषक बराबर रु एक लाख रकमको भैँसी वितरण गरिएको संस्थाका व्यवस्थापक चीनबहादुर खत्रीले जानकारी दिनुभयो । कृषकले स्थानीयस्तरमा उत्पादन गरेका चिजबस्तु आफ्नै गाडीमा निर्यात हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!