२०७७ फाल्गुन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुर, ७ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेको जनाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले रौतहटका राजेश झालाई प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!