२०७७ फाल्गुन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ११ फागुन । कृषि तथा पशुपन्छी मन्त्रालयले भारतबाट पनि जीटुजी सम्झौताकै माध्यमबाट रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरेको छ । बङ्गलादेशबाट जी टु जी सम्झौताबाट मल ल्याउने प्रक्रिया सुरु भएसँगै कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मल खरिदका लागि प्रक्रिया थालेकाे हो ।

भारतलाई मल खरिदका सम्झौतापत्रको मस्यौदा पठाइसकेको मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए । कृषि मन्त्रालय परराष्ट्र मन्त्रालयले फागुन ५ गते सम्झौतापत्रको मस्यौदा पठाएको थियो भने परराष्ट्र मन्त्रालयले फागुन ६ गते भारतलाई सो पत्र पठाएको मन्त्रालयले जनाएको छ ।

नेपालले भारतसँग पहिलो चरणमा तीन वर्षका लागि सम्झौता गर्न प्रस्ताव गरिएको कृषि मन्त्रालयका वरिष्ठ अधिकृत गङ्गादत्त आचार्यले बताए । तीन वर्षका लागि सम्झौता भएअनुसार मल ल्याउन सफल भयो भने अर्को चरणमा पाँच वर्षका लागि सम्झौता गर्ने उनले बताए ।

सुरुको वर्ष दुई लाख माग गर्ने त्यसपछि वर्षैपिच्छे बढाउँदै जाने र पाँच लाख मेट्रिक टनसम्म मल भारतबाट ल्याउने सम्झौतापत्र मस्यौदामा उल्लेख गरी प्रस्ताव गरिएको उनले जानकारी दिए । भारतबाट युरिया र डीएपी रासायनिक मल मात्र ल्याउने मन्त्रालयले जनाएको छ । नेपालबाट पठाइएको सम्झौतापत्रको मस्यौदामा भारतबाट कुनै प्रतिक्रिया नआएको बताइएको छ ।

धान रोपाइँको समयमा बर्सेनि मलको अभाव हुँदै आएको छ । त्यस्तो अभाव कम गर्न सरकारले भारतबाट जीटुजी सम्झौता गरेर नै मल ल्याउन लागेको हो । भारतमा उत्पादन हुने मलबाट नै नेपाललाई दिन नेपालले सरकारले प्रस्ताव गरेको छ । सम्झौता हुने भएपछि यही चालू आर्थिक वर्ष २०७७-७८ देखि नै मल ल्याउने सचिव कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!