२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झिमरुक, १३ फागुन  झिमरुक गाउँपालिका–६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोखरेलले भारतीय सेनाको जागिरका क्रममा खुट्टामा गोली लागेपछि सात वर्षकै अवधिमा २०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकास लिएका थिए । हाल उनले जिल्लामै ठूलो लगानीमा व्यावसायिकरूपमा लेयर्स जातको कुखुरापालन गर्दै आएका छन् ।

प्रिसा पशुपक्षी तथा कृषि फार्ममार्फत २०७५ मङ्सिर २४ गतेदेखि लेयर्स कुखुरापालन शुरु गरेको उनले बताए । फार्ममा अहिले सात हजार लेयर्स जातका कुखुरा रहेका छन् । पालेको साढे पाँच महिनामा लेयर्स जातको कुखुराले अण्डा दिन शुरु गर्दछ । सोहीअनुसार फार्ममा दैनिक २८ पेटी (पाँच हजार ८८० गोटा) अण्डा उत्पादन हुने गरेको फार्मका व्यवस्थापक वियजकुमार गुप्ताले बताए ।

यहाँ उत्पादन भएको अण्डा जिल्लासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी तथा भैरहवा, नेपालगञ्ज र काठमाडौँमा पनि खपत हुने गरेको उनको भनाइ छ । बन्दाबन्दीको समयमा बजारका लागि केही समस्या भए पनि हाल धेरै ठाउँबाट माग हुने हुँदा अण्डा पुर्याउन धौधौ भएको उनले बताए ।

रु साढे चार करोड लगानीमा लेयर्स कुखुरा फार्मसँगै तरकारी खेतीसमेत गरेको व्यवस्थापक गुप्ताले बताए । शुरुमा १० हजार कुखुरा फार्ममा हालेकाे बताउँदै उनले हाल सात हजार कुखुरा रहेकाे जनाए । अबको केही समयमा कुखुरा थप्ने उनकाे योजना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!