२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

रंगेली, १६ फागुन । मोरङको रंगेली नगरपालिकाका थापा दम्पत्ति मौरीपालनबाट मनग्य आम्दानी निकाल्न सफल छन्  । रंगेली-३ दर्वेशाका थापा दम्पतिको जीवन मौरीपालन मै बितेको छ ।  बिगत १३/१४ वर्षदेखि २ घोला घारबाट माैरीपालन सुरु गरेकी जानुका थापा एक उधमशील महिला बन्न सफल छिन् । जानुकाले पति भोगबहादुर थापाको सहयोगमा वार्षिक १५ लाखसम्म कमाउँछिन् । यसैबाट उनले परिवारसहित एक छोरालाई अमेरिकामा पढाउँदैछिन् ।

मौरी पालन उत्पादन संघका केन्द्रीय उपाध्यक्षसमेत रहेकी उनी भन्छिन्,’ घरमै बसेर सहज रूपमा कम मिहिनेत गरी अर्थोपार्जन गर्न सकिने भएका कारण माैरीपालन व्यवसायबाट म सन्तुष्ट छु । विदेशमा दुःख भोगेर फर्किएँ । माैरीपालनबाट मनग्य लाभ लिइरहेकी छु ।’

 

थापा वैदेशिक रोजगारका क्रममा खाडी मुलुकबाट फर्किएर माैरी पालनमा लागेकी हुन् । व्यवसायसँगै सामाजिक क्षेत्रमा उतिकै योगदान दिएकी उनी भन्छिन्, ‘आफ्नै देशको माटोमा केही गर्छु भन्ने सपना थियो । र, आज मौरीपालनबाटै मैले मेरो सपना साकार गरेकी छु ।’

थापाले वार्षिक ३५ देखि ४० क्विन्टल मह उत्पादन गरेर काठमाडौंसम्मको बजारमा पुर्याएकी छिन् । यस्तै उनले मह बिक्रीमा बजारीकरणको कुनै समस्या नभएको बताउँछिन् । उनको वार्षिक आम्दानि १० देखि १५ लाख रहेको छ ।

मौरी पालन व्यवसायमा मौसम परिवर्तनका कारण किसान धारासायी भए पनि सरकारले प्रोत्साहन गर्नुपर्ने र चरनको समस्या जही त्यहीँ भएपनी राज्यले यो विषयमा चासो नदिएको गुनासो पोख्छिन् ।

उनीहरूले घरमै मह प्रशोधन गरेर प्याकेजिङ गर्छन् । उत्पादित मह लिन ग्राहकहरू उनको घरमै पुग्छन् । श्रीमान्श्री-मती मिलेर मौरी पालन व्यवसाय सुरु गरेका थापाले आफूबाहेक अन्य पाँचजनालाई रोजगारी पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!