२०८३ भाद्र १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ फागुन । उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका-७ रमाइलोबाट सोमबार राति पक्राउ गरेको हो । उनलाई सरकारी वकिल कार्यालयमार्फत आज  नै अदालतमा पेस गर्ने तयारी छ ।

परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् ।

यसअघि प्रहरीले फरार अभियुक्त उर्लाबारीका रमेश गिरीलाइ पक्राउ गरेको थियो । आइतबार उर्लावारीबाट पक्राउ परेका उनलाइ सोमबार नै प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाइ एक लाख धराैटीमा छोड्न आदेश दिएको थियो ।

घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरिएको थियो । उर्लाबारी ६ बस्ने राजेश रणपहेली, राकेश शिवा भन्ने मेहरमान दर्जी, दिपेश पौडेल, सुदीप परियार, रमेश गिरी र कुमार राईलाई प्रतिवादी बनाइएको थियो । जिल्ला अदालतले राकेश शिवा भन्ने मेहरमान दर्जीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । त्यस्तै अर्का प्रतिवादी भनिएका कुमार राईलाई भने धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ ।

रिहा भएका राई भने होटेल सञ्चालक हुन् । घटना भएको राति प्रविन राईकै होटेलमा गएको देखिएको थियो । त्यहाँ उनले मदिरासमेत खाएका थिए । त्यसपछि साथीसँगै रमेश गिरीको घरमा सुत्न भएका थिए । भोलिपल्ट बिहान साथीहरूले अस्पताल लगेपछि प्रविनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसपछि प्रवीणको मृत्यु रहस्यमय बनेको थियो । प्रहरीको अनुसन्धानले उनीहरूले नै मिलेर हत्या गरेको देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!