२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, २० फागुन । आफुले उत्पादन गरेको टमाटरले वजार नपाउदा किसानहरुले उत्पादन गरेको टमाटर निशुल्क रुपमा वितरण गरेका छन् । बजार ब्यवस्थापनमा सरकारले चासो नदिदा किसानले उत्पादन गरेको टमाटार बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका वडा नं. ८ स्थित जाँते बजारमा किसानहरुले गाउलेलाई वोलाएर आफुले उत्पादन गरेको टमाटर सित्तैमा वितरण गरेका हुन् ।

एक विगाह खेती भाडामा लिएर तरकारी खेती गर्दै आएका दुई युवा सविन निरौला र निरज लावती अव विदेशिनुको विकल्प देख्न छाडेका छन् । उनिहरुले गत बर्ष देखि बमौसमे तरकारी खेती गर्दै आएका थिए । करिव ५ लाख खर्च गरेर खेती गरेको उनिहरुले लगानी समेत उठाउन नसकेको भन्दै सरकार संग गुनासो गरेको छन् । सरकारले रोजगार दिन पर्दैन मात्र किसानको उत्पादनलाई उचित मुल्य सहितको वजार ब्यवस्थापन गरिदिए पूग्छ किसान निरज लावती गुनासो गर्छन ।

भारतवाट आउने टमाटर ३ रुपैया केजीमै आउने गरेको वताउछन् स्थानिय व्यापारी कुमार थापा । उनी जाँतेका कृषकहरुले उत्पादन गरेको कृषी उपजहरु वजार सम्म पूर्याउछन् । उनका अनुसार वजारमा टमाटरको भाउ नभएपछि किसानवाट टमाटर लान सकिएको छैन ।

उद्योग बाणिज्य संघ लेटाङका सचिव कुवेर पौडेलले सरकारको किसानले उत्पादन गरेको तरकारीलाई ध्यान दिन नसकेको प्रती ध्यानकर्षण गराउएका छन् भने संस्थागत रुपमा समेत किसानहरुले उत्पादन गरेको टमाटर नविकेको सन्दर्भमा संस्थाको धारणा सार्वजनिक गर्ने वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!