२०८३ जेष्ठ १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २५ फागुन । मानव शरीरमा १०७ वटा जीवितीय बिन्दु हुन्छ, ती बिन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवका अनुसार मानव शरीरमा १०७ मर्मस्थान हुन्छन्, जहाँ आघात पुगे निधन पनि हुनसक्छ ।

प्राचीनकालमा मर्मस्थानमा कवच लगाएर सुरक्षा गर्ने गरिएकामा हाल यी स्थानको ज्ञानको अभावमा चोटपटक लाग्दा मानिसको एक्कासि निधनसमेत हुने गरेको छ । कसैलाई जानेर वा नजानेर मर्मस्थानमा हिर्काउँदा तत्कालै निधन भई पश्चाताप गर्नुपर्ने घटना पनि भएका छन् ।

कहाँ हुन्छन् त ती अंग ?

दुवै हातमा ११/११ गरी २२ वटा मर्मस्थान हुन्छन् । यसैगरी गोडामा पनि ११/११ गरी २२ नै मर्मस्थान हुन्छन् । यसैगरी पेट र छातीमा १२ मर्मस्थान हुन्छन् । ढाडको भागमा १४ मर्मस्थान हुन्छन् । घाँटीभन्दा माथि ३७ मर्मस्थान हुन्छन् । तिनलाई ऊर्ध्वजत्रुगत मर्म भनिन्छ ।

यसैगरी मानव शरीरमा सद्यः प्राणहर मर्म १९ वटा हुन्छन् । दुर्घटना वा चोटपटकका क्रममा यहाँ आघात परे घटनास्थलमै मानिसको निधन हुनसक्छ । यस्ता मर्मस्थान टाउकामै सातवटा रहेको कार्यकारी निर्देशक यादवले बताए ।

यसैगरी घाँटीमा आठ यस्ता मर्मस्थान छन् । गुदा क्षेत्रमा एउटा यस्तो मर्मस्थान छ । शरीरमा क्लान्तर प्राणहर मर्म ३७, विशल्यघ्न तीन, वैकल्य कर ४४ र रुजाकर नामका मर्मस्थान आठवटा हुन्छन् ।

मर्मस्थानमा प्राणको बास हुने भएकाले आघातका क्रममा मृत्युसमेत हुने गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!