काठमाडौं, २ चैत । नेपालमा १५ लाख ५५ हजार ४४१ जनाले कोरोना खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको डाटा अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने टार्जेट राखेकोमा सो संख्यामा खोप लगाएको बताए ।
यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ टार्जेट रहेकोमा ११ लाख १६ हजार ५३२ रहेको छ । अहिलेसम्म निष्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतजनाले सेवा लिइसकेको छ ।
नेपालमा पहिलो खेपको खोप लगाएकाका लागि दोश्रो खेपको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रक्रियामा रहेको उनले बताए । उत्पादनभन्दा माग बढी रहेका कारणले दोश्रो पटक लगाउने खोप आउने प्रक्रियामा रहेको उनले स्पष्ट पारे ।
दुईपटक सम्म दिइने यस खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उनले जानकारी दिए ।




