२०७९ माघ २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी, २३ असाेज । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए ।

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए ।

काठमाडौंं मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् ।

यससँगै सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २० जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!