२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ५ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिलाई आत्मनिर्भर बनाउने लक्ष्यसाथ योजना बनाइरहेका बेला सरकारले बजेटमा कटौती गरेको छ । अर्थ मन्त्रालयले सङ्घीय मन्त्रालयहरूलाई बजेटका प्राथमिकता र सीमा तोक्दा कृषिको बजेट कटौती गरिएको कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले बताए ।

प्राप्त सिलिङअनुसार पाँच अर्ब रुपियाँभन्दा बढी कटौती भएको उनले बताए । चालू आर्थिक वर्ष २०७७/७८ मा कृषि मन्त्रालयका लागि ४१ अर्ब ४० करोड रुपियाँ विनियोजन गरिएको थियो ।

यसपटक कृषि मन्त्रालयका लागि ३६ अर्ब २३ करोड ५१ लाख रुपियाँको सिलिङ दिएको छ । त्यसमध्ये चार अर्ब कृषि विकास बैङ्कलाई नै जान्छ र बाँकी रहेको ३२ अर्ब २३ करोड ५१ लाख रुपियाँभित्र रहेर कृषि मन्त्रालयले आफ्नो कार्यक्रम तयार गर्नुपर्ने हुन्छ ।

चालू आर्थिक वर्षको बजेट अपुग भएको भन्दै तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले आपति बताएका थिए ।  त्यतिबेला कोरोनाका कारण बजेट कटौती गरिएको प्रतिक्रिया अर्थ मन्त्रालयले दिएको मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले बताए ।

यसपटक पनि कोरोनाको बहाना बनाएर बजेट कटौती गरेको उनले बताए । कृषिमा आत्मनिर्भर बन्न कृषि मन्त्रालय विभिन्न योजना बनाएकामा झन् बजेट बढाउनुपर्नेमा घटाएर दिएकोप्रति कृषि सचिव कार्कीले दुःख व्यक्त गरे ।

उनले भने, “हामीलाई ३७ अर्ब ४० करोड रुपियाँको बजेट नै अपुग थियो । ३२ अर्ब झन् अपुग नै हुनेभयो । आत्मनिर्भरताका लागि विभिन्न कार्यक्रम तयार भएका छन् तर बजेट नै कटौती भएपछि लक्ष्यमा पुग्न सम्भव हुँदैन । ”

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!