२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ६ चैत ।  सरकारले किसान परिचयपत्र वितरण कार्यक्रमलाई तीव्र गतिमा काम अगाडि बढाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशका ७० जिल्लाका स्थानीय निकायमा परिचयपत्र भर्ने कामको अभिमुखीकरण दिने काम भइरहेको लागि बताएको छ ।

मन्त्रालयका उपसचिव सुजन ढुङ्गेलले सातै प्रदेशमा गएर प्रदेशस्तरीय अभिमुखीकरण काम सम्पन्न गरेर किसानको विवरण संकलन गर्न स्थानिय निकायमा प्राविधिक टोलीलाई अभिमुखीकरण दिने काम संगै विवरण भर्ने काम पनि भइरहेको बताए । अहिलेसम्म किसान पनि अनलाइनबाट आफैं फर्म काम पनि जारी रहेको मन्त्रालयको भनाइ छ ।

हालसम्म पाँचसय हाराहारीमा किसानले आफैं अनलाइबाट किसान परिचयपत्र फर्म भरिसकेको मन्त्रालयले जानकारी दिएको छ । अबको केही समयमै पालिकास्तरमा अभिमुखीकरणरको काम सिधिएसँगै धेरै संख्यामा परिचयपत्रको कामले तीव्रता पाउनेछ । यो आर्थिक वर्षभित्रमा सातलाख किसानलाई परिचयपत्र वितरण गर्ने गरी काम भइरहेको मन्त्रालयका उपसचिव ढुङ्गेलले बताए ।

पहिलो चरणमा किसानको विवरण संकलन गरेपछि आउँदो वर्षमा किसानले सरकारबाट पाउने सेवा सुविधा पाउने मन्त्रालयको भनाइ छ । पहिला सफ्टवेयर बनाउन र फाइनल गर्न समय लागेकाले अब तोकिएको समयमा काम सिध्याउने गरी काम भइरहेको छ ।

सरकारले परिचयपत्रमार्फत एक वर्षमा तीन बालीका लागि आवश्यक सुविधा तथा अनुदान किसानलाई उपलब्ध गराउने योजना बनाएको थियो । परिचयपत्र वितरण गर्न किसान लगत लिने, जग्गा स्वामित्व पहिचान, कृषियोग्य जग्गाको प्रकृति र खेती प्रणालीलाई अध्ययन गरिएको थियो । देशभर करिब ३४ लाख घरपरिवार कृषिमा आश्रित रहेको मन्त्रालयले जनाएको छ । देशभरका किसानलाई परिचयपत्र वितरण गर्ने ध्येयले कार्यक्रम सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!