२०८२ आश्विन २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, ८ चेत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा सङ्क्रमणको पुष्टि भएको बताएका छन् ।

६८ वर्षीय प्रधानमन्त्री खान हाल होम आइसोलेसनमा बसेकाे स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमार्फत जनाएका छन् ।  दुई दिनअघि मात्रै उनले कोभिड १९ विरुद्धको खोप लगाएका थिए ।

प्रम ओलीबाट स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले गए राति बेलुकी ट्वीट गरी सो कामना गरेका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका खान सन् २०१८ को अगष्टमा चुनाब जितेर प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!