सुन्दरहरैंचा, ८ चैत । मोरङकाे सुन्दरहरैंचामा तरकारी खेतीमा आकर्षण गर्न तालिम आयोजना भएकाे छ । वडावासीलाई तरकारी खेतीतर्फ उत्प्रेरित गर्ने उद्धेश्यले सुन्दरहरैंचा नगरपालिका-४ मा तीन दिने तरकारी खेती तालिम सम्पन्न भएको हो ।
गुडलक एजुकेसन ट्रेनिङ्ग सेन्टर इटहरीको संयोजन तथा सुन्दरहरैंचा वडा नम्बर ४ को आयोजना रहेको तीन दिने तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रम वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले वडावासीलाई आत्मनिर्भरताका लागि वडाले सीपमुलुक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै तरकारी खेतीमा पनि उत्प्रेरणा होस् भनेर पहिलो चरणमा तीन दिने तालिमको आयोजना गरीएको बताए ।
३० जना किसानहरुको सहभगिता रहेको तालिममा सुन्दरहरैचा नगरपालिका कृषि शाखाका फणिन्द्र भट्टराई, सीता अधिकारी र अनुशा थापालगायतको पनि उपस्थिति रहेको थियो ।




