२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुरधाम, ९ चैत । प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या थपिन थालेको छ । केही दिन अगाडि मात्र प्रदेशको ५ जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको वेलामा अहिले सप्तरी जिल्ला बाहेक सबै जिल्लाहरूमा कोरोनाका सक्रिय संंक्रमितहरु रहेका छन् ।

८ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश नंं २ मा आजसम्ममा सङ्क्रमितको सङ्ख्या बढेर ३४ पुगेको प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । जस अनुसार सिरहामा १, धनुषामा ६, महोत्तरीमा २, सर्लाहीमा १, रौतहटमा २, बारामा ११ र पर्सा जिल्लामा ११ जना रहेका छन् ।

मंगलबार मात्र जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ३ मा १२ वर्षका १ जना बालकमा कोरोनाका सङ्क्रमणको पुष्टि भएको छ । यसै गरी सिरहा जिल्लाको मिर्चैयाका वर्ष ३१ को पुरुषमा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी धनुषा जिल्लाको सवैला नगरपालिका वडा नंं ४ मा का वर्ष २७ को एक जना पुरुष गरेर दुई जनामा सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. मुक्ति नारायण साहले जानकारी दिए ।

अहिलेसम्म प्रदेश २ मा १६ हजार ९ सय ८४ जना कोरोना सङ्क्रमणले मुक्त भएका छन् । कोरोनाका कारणले २ सय ९ जना प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!