विराटनगर, १५ चैत । सुनसरीको देवानगञ्जका दुई वडामा बंगुरको साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन हुने भएको छ । गाउँपालिकाले गत बिहीबार सूचना जारी गर्दै देवानगञ्जका वडा नं ६ र ७ मा बंगुरको पकेट विकास कार्यक्रम सञ्चालन हुने जनाएको हो ।
देवानगञ्ज गाउँपालिकाको कृषि व्यवयास प्रवर्द्धन अनुदान कार्यविधि २०७७ अनुसार गाउँपालिकाको पुस २७ गतेको निर्णयअनुसार उक्त कार्यक्रम सञ्चालन हुन लागेको जनाइएको छ ।
साथै गाउँपालिकाले सो कार्यक्रमका लागि वडाअन्तर्गतका इच्छुक बंगुर पालन कृषक समूह वा समितिलाई सूचना प्रकाशित भएको १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।





