२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोजपुर, १५ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सात दिने व्यावसायीक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरीसहितको ७७ घार वितरण गर्नुपूर्व  व्यावसायिक तालीम दिएको हो ।

मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । “हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना छ, धेरै कृषकले पराम्परागत रुपमा भए पनि मौरीपालन गर्दै आउनुुभएको छ, उहाँहरुलाई थप पोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्रावधिक सहयोग गर्दै आएको छ, मौरीपालनका लागि आवश्यक चरण क्षेत्र विस्तार गर्दै गाउँपालिकामा नै प्रशोधन केन्द्र स्थापना गरेर गाउँपालिको ट्याग लगाएर बजारमा मह पठाउने लक्ष्य छ,” उनले भने ।

यस वर्ष मौरीपालनका लागि छनोटमा परेका गाउँपालिकाभित्रका २८ कृषकलाई आधुनिक घारमा मौरीपालनका विषयमा जानकारी दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । साथै उनीहरुलाई बजार व्यवस्थापन, मह उत्पादन तथा मौरीका घार वृद्धिका बारेमा समेत जानकारी दिइएको प्रमुख राइको भनाइ छ ।

यस अघिका वर्षमा पनि कृषकलाई मौरीपालनमा लाग्नको लागि घार तथा गोलासहितको मौरी वितरण गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५० घार र आर्थिक वर्ष २०७६/७७ मा ४७ ओटा घारसहितको मौरी वितरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!