२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोजपुर, १९ चैत । भोजपुर नगरपालिकामा वडाका कृषकलाई सिपमूलक तालिम दिइएको छ । भोजपुर नगरपालिका वडा नम्बर ७ ले कृषकहरूलाई प्रबिधिक सिपमूलक तालिम प्रदान गरेको हो ।

भोजपुर नगरपालिकाको आयोजना, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा कृषि ज्ञान केन्द्र भोजपुरको प्राविधिक सहयोगमा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमले कृषकका लागि ५ दिने तालिम सञ्चालन भएको उद्यम विकास सहजकर्ता रजनी रानाले जानकारी दिइन् ।

भोजपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जयबहादुर तामाङले कृषकहरूका लागि सिपमूलक तालिम प्रदान गरिएको बताउँदै कृषकहरूले सिकेको सीपलाई गाउँमा सदुपयोग गरी स्वरोजगार सृजना गर्नुपर्ने बताए । अध्यक्ष तामाङले तालिमले व्यवसायीकरण, बजारीकरण, समूह खेती, स्थानीय उत्पादनलाई प्रोत्साहनमा सहयोग पुग्ने बताए ।

प्रशिक्षक सुवास दाहालले तालिम प्रभावकारी र उद्धेश्यमुलक भएकाले कृषकहरूलाई कृषि ज्ञान केन्द्रले आवश्यक प्राविधिक सहयोगसँगै अनुदानमा समेत सहयोग गर्ने बताउनुभयो । तालिमको सहजीकरण सुवास दाहाल, अनिस सुवेदी, योगेन्द्र राईलगायतले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!