२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

चितवन, २४ चैत । चितवन रत्ननगर १४ जयमंगलाका कृषक वेदप्रसाद भट्टराई जागिरे जीवनबाट विश्राम लिएर केराको व्यवसायिक खेतीमा लागे । व्यवस्थापनमा स्नातक गरेका भट्टराईले पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको नमूना आवासीय माविमा शिक्षण पेशा सुरु गरेका थिए । त्यसपछि अक्सफोड कलेज, रोयल सेन्चुरी होटलको एकाउण्टेन हुँदै नर्थ प्वाइन्ट एकेडेमीमा शिक्षण एवम् व्यवस्थापन सम्हाल्दै जागिरमा राम्रै अनुभव सङ्गाले ।

जागिर राम्रै थियो । जागिरकै क्रममा आफ्नो एक विघा जमिनमा केरा खेती पनि शुरु गरे । जागिर छाेडेर आफ्नै व्यवसायिक यात्रामा निस्किएका उनी १२ वर्षमा सफल व्यवसायिक कृषक बने । अहिले उनी व्यवसायिक खेती गर्ने चितवनका दश कृषकमध्येमा गनिन्छन् ।

त्यही साइड पेशा यतिखेर उनको प्रमुख आम्दानीको माध्यम बनेको छ । आफ्नो बारेमा उनले भने,  “हामीले नै स्थापना गरेको बोडिङ्मा म राम्रै भूमिकामा थिए, सहायक प्राचार्य र व्यवस्थापकीय भूमिकामा पनि थिएँ । सामान्यतया जागिर र कमाइ पनि राम्रै थियो । तर पनि मलाई चित्त बुझेन केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसमा पनि नेपालमा कृषिभन्दा अन्य पेशा सहज छैन भन्ने हेतुले यही पेशा सम्हालेँ । यतिवेला म सन्तुष्ट छु ।”

शुरुआतको वर्ष राम्रै आम्दानी हात लागेपछि उहाँलाई जागिरले भन्दा कृषिकर्मले आकर्षित ग-यो । उनी भन्छन्, “आफुले लगाएको केरा खेती र पहिलो पल्टकै आम्दानीले मलार्ई छुट्टै प्रकारको आनन्द प्राप्त भयो । त्यसैले पनि मैले यो पेशालाई चाहेर नचाहेर पनि छोड्न सकिनँ ।”

चितवनका दश सफल केरा उत्पादक व्यवसायीमध्ये उनको नाम पनि आउने गरेको छ । यतिवेला आफ्नो र भाडामा लिएको जमिन गरी उहाँले २२ बिघा जमिनमा केरा खेती गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!