२०८२ आश्विन २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, २६ चैत । बेलायतका लागि म्यान्मारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध गरिएको छ । राजदूत क्वा ज्वार मिनलाई म्यान्मारमा सैनिक कु भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न भनिएको बताइएको छ ।

राजदूत मिनले रोयटर्स समाचार एजेन्सीसँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताए । म्यान्मारमा गत फेब्रुअरी १ मा सैनिक कु भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ ।

सैनिक नियन्त्रणमा रहेकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग राखिएको छ ।

म्यान्मारमा भएको प्रदर्शनका क्रममा सैनिक दमनमा परी कयौं बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!