
विराटनगर, २६ चैत । मोरङको विराटनगरबाट लागूऔषधसहित टेम्पो चालक पक्राउ परेका छन् । बिहीबार प्रहरीले विराटनगर- १६ हुलासचौकबाट टेम्पो चालकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी धरान १६ का २४ वर्षीय निखिल जोशी रहेका छन् । आज बिहान साढे ७ बजे को२ह ५८०६ नम्बरको अटो चालक जोशीले चलाई ल्याएको सो टेम्पोमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारिएको थियो ।
उनलाइ टेम्पोसहित पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।