२०८३ भाद्र १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बर्जु, २६ चैत । सुनसरीको बर्जु गाउँपालिकामा स्ट्रबेरी खेती सुरु भएकाे छ । बर्जु गाउँपालिका-४ हसनपुरमा एमएसआई एग्रो प्रालिले तीन बिघामा स्ट्रबेरी खेती सुरु गरेको हो ।

बर्जु खेती पहाडी क्षेत्र वा चिसो ठाउँमा मात्र फल्ने हुन्छ । तर, गर्मी भेग वा नेपालको तराई क्षेत्रमा फल्छ कि फल्दैन भनेर अनुसन्धानात्मक तरिकाले पहिलो पटक बर्जुमा स्ट्रबेरी खेती सुरु गरिएको हो ।

एमएसआई एग्रो प्रालिका कर्मचारी सुवास चाैधरी दैनिक २ क्विन्टलसम्म स्ट्रबेरी उत्पादन हुने बताउँछन् । मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी लगाइएको दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारमा यसको मूल्य प्रतिकिलोग्रामको ८०० देखि एक हजारसम्म छ ।

कम्पनीले धरान, इटहरी, विराटनगर बजारका लागि पुर्याउँछ ।

बजार नपाउँदा मुस्किल

हेर्दा लटरम्म फलेको स्ट्रबेरी बजार भने अझै पाउन सकेको छैन । उत्पादन भएकाे स्ट्रबेरीले बजार नपाउँदा किसान चिन्तित छन् । ‘बजार मूल्य र ब्यबस्थापन अझै हुन नसक्दा दुःख लाग्छ । २ क्विन्टल उत्पादन हुन्छ तर बजारमा ८० देखि ९० केजी मात्र बिक्री हुन्छ,’ सुवास भन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!