२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २९ चैत । विराटनगरमा धारिलो हतियार प्रयोग गरी पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका–८ बलुवाईका ५२ वर्षीय विको सहनीको हत्या भएको हो ।

सहनीको माइला छोरासँग विवाद भएको र विवादका क्रममा माइला छोरो रवि सहनीले हत्या गरेक हुनसक्ने प्रहरीको आशंका छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले रवि शनिबारदेखि नै फरार भएका कारण हत्या उनलै गरेको हुनसक्ने बताए ।

उनका अनुसार झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो । मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ । घटनाको अनुसन्धान सुरु गरेको डिएसपी राइले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!