विराटनगर, २९ चैत । सजिवनलाई नेपालको पहाडी क्षेत्रमा शितलचीनि र तराइमा सोहिजन भनेर चिनिन्छ । अंग्रजीमा भने moringa, horseradish tree, drumstick भनिन्छ । यो मोरिङ्गगेसि परिवार भित्र पर्ने विरुवा हो भने यस्को वानस्पतिक नाम मोरिंगा ओलिफेरा हो ।
यसको विरुवा एउटा काण्ड भएको तर हाँगाहरु तलतिर झुकेका हुन्छन् । सवैभन्दा राम्रो पहिचना त यस्को रुद्राक्षको जस्तो लामो कोशा फल लाग्दछ । त्यसैले त यसलाई ड्रम बजाउने लठी जस्तो कोशा भएको विरुवा भनिएको होला ।
यो कमलो प्रकृतिको छिटो वढ्ने इपिल इपिलको जस्तो पात भएको तर जरा टाढा टाढा सम्म फैलिने र १ मिटर जति अग्लो भएपछि मुलस्तम्भवाट हाँगा पलाउन थाल्दछ । यस्को अनारको जस्तै हिउदमा ९० प्रतिशत सम्म पात झर्दछ । प्राकृतिक रुपमा हुर्किएको विरुवा १५–२० फिट सम्म अग्लो र हाँगाहरु १० मिटर परसम्म फैलिएका हुन्छन् । व्यवसायिक रुपमा खेति गर्दा भने विरुवाको काँटछाट गरेर १–२ मिटर उचाई मात्र राख्ने गरिन्छ ।
ऐतिहासिक लिखतलाई अध्ययन गर्दा यस्को वहुउपयोगिताको महत्वलाई मध्यनजर गर्दै यस्को खेति भारतिय उपमहाद्धिपमा परापुर्वकाल देखि गरिदै आएको तथ्यपुर्ण प्रमाणहरु पाइन्छ ।
हावापानी
यो विरुवा ताप तथा सूर्य मन पराउने(sun and heat – loving plant) र हिउ तथा वरफ पर्ने अवस्था सहन सक्दैन । यस्को खेति गर्मि किसीमको हावापानी र सुख्खा क्षेत्रमा( dry region) सफलता गर्न सकिन्छ । सामुनिपातिक वितरण भएको ५००—१००० मि.मि.वर्षा हुने क्षेत्रमा यस्को खेति राम्रोसंग फष्टाउछ ।
माटो
यस्को खेति सवै प्रकारको रुख्खो सुख्खो माटोमा गर्न सकिने भएता पनि निकासयुक्त दोमट माटो drainable dry, sandy or slit solif मा विरुवाको वृद्धि विकास राम्रो हुने गर्दछ ।
उन्नत_जात
१. जाफना:- यो भारतको तमेलनाडु क्षेत्रमा मुख्य रुपले खेति गरिन्छ । यस्को कोशाहरु ६०— ९० से.मि. लामो, नरम, स्वादिलो गुदि हुन्छ । यो प्रजाति श्रीलंकावाट भित्रीएको अनुमान गरिन्छ ।
२. चेम्मुरुंगाई :- फलको टुप्पो रातो भएको, फूल वर्षभरी लाग्दछ र उत्पादन अन्य जातको भन्दा वढि हुन्छ ।
यस्ता छन् यसका २० गुणहरू
- सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ।
- हड्डी मजबुत बनाउन भूमिका खेल्छ।
- कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
- उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ।
- रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ।
- गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ।
- छालासम्बन्धी संक्रमणबाट जोगाउँछ।
- सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ।
- सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ।
- सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ।
- सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ।
- सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ।
- सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ।
- कलेजो खराब हुनबाट जोगाउँछ।
- चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ।
- छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ।
- सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ।
- मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ।
- शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ।
- पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्याउँछ।




