२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बाजुरा, २९ चैत । बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेका अधिकांश किसान यती बेला हाइटेक प्रविधिबाट आलु खेती गर्न थालेका छन् ।
जिल्लाको बडिमालिका नगरपालिका ७ ढम्कनेका किसानले यो भन्दा पहिला परम्परागत रुपमा लगाउदैँ आएको तरिका भन्दा अहिले आधुनिक तरीकाको हाइटेक प्रविधिबाट आलु खेतीको सुरुवात गर्न थालेका हुन् ।

परमपरागत रुपमा आलु लगाउने तरकारी भन्दा अहिलेको आधुनिक तरकारीमा आलु खेती गर्दा गोडमेलमा निकै सहज हुने भएकोले ढम्कनेवासीले अहिले हाइटेक प्रविधिबाट आलु खेती गर्न थालेको बडिमालिका नगरपालिका ७ ढम्कनेका कृषक नरबहादुर रोकायाले बताए ।

ढम्कने बाजुराको सबै भन्दाबढी आलु उत्पाद हुने भनेर चिनिँदै आएको छ । अहिले याहाँका झण्डै ११५ देखि १२० घरपरिवारहरुले हाइटेक प्रविधिबाट आलु खेती गरेका गर्दै आएका छन् ।

अन्नबाली भन्दा आलु खेतीबाट उनीहरुको जीविकोपार्जनमा निकै सहज देखिएपछि ढम्कनेवासी आलु खेती गर्न थालेको रोकायाले भने । गत वर्ष बाजुराको दुर्गम ठाउँ भानिदै आएको ढम्मकनेमा उत्पादन भएको अर्गानीक आलु देशका विभिन्न सहरमा पुगेपछि ११ लाख भन्दाबढी रुपियाँ कमाइ भएको कृषक रोकायाले बताए ।

गत वर्ष ढम्कनेको आलु बाहिर लिएर बिक्री गर्नु परेको थियो भने यती बेला गाउँमै आलुको अडर आउने गरेको कृषक नरबहादुर रोकाया भनाइ छ ।
गत वर्ष ११ लाखको आलु बिक्री भएको थियो । भने यो हाइटेक प्रविधिमा आलु खेती गरेकाे उनले बताए ।  गत वर्षको तुलनामा यो यो अघिल्लो भन्दाबढीको आलु उत्पादन हुने आशमा रहेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!