२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी, ३ वैशाख । सप्तरीमा हात्तीको आक्रमणबाट एकजना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोसी व्यारेज बस्ने ५८ वर्षीय नारायण प्रमाणी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएको नारायणलाई शुक्रबार बिहान हात्तीले आक्रमण गरेको थियो ।

यता मृतकको शवलाई पोष्टमार्टमका लागि राजरिाजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको तथा घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!