२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कैलाली, ५ वैशाख । विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका कैलालीको भजनी नगरपालिका–२ कटानपुरका जयबहादुर बुढा अहिले पत्रकारितासँगै कृषिकर्ममा लागेका छन् । जीवनको ऊर्जावान समय पत्रकारितामा बिताएका बुढा अहिले भजनी क्षेत्रको सफल कृषकका रूपमा स्थापित हुँदै गएका छन् । छोटो समयमा उनले बङ्गुरपालन व्यवसायबाट राम्रो आम्दानी मात्रै गरेका छैनन्, अन्य थुप्रैलाई पेशामा आकर्षितसमेत गराएका छन् ।

कुनै बेला कैलाली जिल्लाको सदरमुकाम भएको भजनी मिडिया क्षेत्रमा भने अगाडि बढ्न नसकेको अवस्थामा बुढाले व्यावसायिक पत्रकारितालाई अगाडि बढाउने अठोट गरेको बताउँछन् । भजनी क्षेत्रमा अझै पनि पत्रकार छैनन् । त्यहाँ अहिलेसम्म स्थानीय मिडियाको पनि त्यति पहुँच पुग्न सकेको छैन । भजनी नगरपालिकाबाट पहिलोपटक बुढाले साप्ताहिक पत्रिका सञ्चालनमा ल्याएका थिए ।

पत्रकारिताबाट मात्रै आधारभूत आवश्यकता पूरा नहुने भएपछि कृषि पेशालाई पनि अँगाल्न पुगे । पत्रकारितासँगै डेरी उद्योग सञ्चालनमा ल्याएका बुढा त्यससँगै बङ्गुरपालन शुरु गरेको बताउँछन् ।

“डेरीमा खेर गएका वस्तु व्यवस्थापन गर्न बङ्गुरपालन शुरु गरेको थिएँ”, बुढाले भने, “कान्द्रा नदीछेउमा रहेको सात कठ्ठा जग्गामा बङ्गुरका लागि खोर निर्माण गरी बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालि दर्ता गरेँ, खोरमा २५ वटा पोथी र दुई भाले बङ्गुर राखेर व्यवसाय शुरु गरेको हुँ ।”

रु १५ लाखमा दुई कठ्ठा जग्गा खरिद गरेका बूढाले पाँच कठ्ठा जग्गा लिजमा लिएका छन् । वार्षिक १४ प्रतिशत ब्याजदरमा ऋण लिएर सामान्य खोर बनाएर बङ्गुरपालन शुरु गरेका बुढाले विसं २०७६ मा सात प्रतिशत ब्याजदरमा रु ४८ लाख कृषि ऋण लिएको बताए ।

बङ्गुरफार्ममा १५ महिनाको अवधिमा करिब ९०० पाठापाठी उत्पादन हुँदै आएका छन् । “फार्ममा मसँग ३० वटा माउ बङ्गुर छन् । पन्ध्र महिनाको अवधिमा एउटाले १०० पाठापाठी दिन्छ”, बुढाले भने, “बजारको माग अझै पूरा गर्न सकिएको छैन । उत्पादन हुनुभन्दा पहिले नै बुकिङ भइहाल्छ ।” उनले १५ महिनामा रु ४० लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँदै करिब रु २० लाख बचत गर्न सफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!