२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ वैशाख । आरडिटी पोजेटिभ देखिएका बिरामीलाई विराटनगरका अस्पताल फनफनी घुमाउँदा पनि उपचार नपाएर मृत्यु भएकाे छ । आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका उदयपुरका एक बिरामीको उपचार नपाएर सोमबार मृत्यु भएको हो ।

कोरोना भाईरस परीक्षणका लागि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उपचारका लागि विराटनगरका आधा दर्जन अस्पताल चहार्दा पनि कुनै पनि अस्पतालले भर्ना नलिएपछि उपचार अभावमा विरामीको मृत्यु भएको हो ।

आइतबार अकस्मात श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य उपचारपछि विराटनगर रिफर गरिएका त्रियुगा नगरपालिका वडा नं ५ का ३५ वर्षीय महिलाको उपचार नपाएरै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले यो घटनाको बारेमा अहिलेसम्म केही जानकारी नभएकाले कोरोनाबाट मृत्यु भएको हो भन्ने बारे पुष्टि गर्न नसकिने बताए । उनले भने, ‘अहिलेसम्म कसैले खबर गरेको छैन, यदि कोरोना नै हो भने शव व्यवस्थापनको काम प्रशासनबाटै हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!