२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, ९ वैशाख । इलामको चिया उद्योगमा आगलागी हुँदा १० लाख बराबर क्षति भएको छ । बिहीबार इलाम सुर्योदय नगरपालिका-९ गैरिगाउ स्थितमा रहेको ग्रामीण चिया उद्योग प्रालिमा आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट भएको हो ।

आज बिहान साढे ५ बजे लागेको आगलागीबाट १० लाख बराबर क्षति भएको हो । सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो ।

उक्त आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ । आगोलागीबाट मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!