प्रजातन्त्रको विगुल फुकेर पहिलो पटक नेपाली जनतालाई समान हक र अधिकार स्थापित गराउने यो हो विराटनगर स्थित कोइराला निवास ? अव यो निवास इतिहास बनेको छ । यहाँका सवै दस्तावेज जलेर नस्ट भएका छन । कांग्रेसको इतिहासको साक्षी भएर उभिएको यो निवासले नेपालमा ३ वटा प्रधानमन्त्री जन्माएको थियो ।
जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते यो घर पनि क्षणभरै जलेर खरानी भएपछि कोइराला निवास अव निवास रहेन । कोइराला परिवारकै पिता कृष्णप्रसाद कोइरालाले यो घरको निर्माण १ सय २० बर्ष भन्दा पहिले गरेका हुन । कोइराला निवासलाई प्रजातन्त्रको केन्द्र , मन्दिर को रुपमा हेरिन्थ्यो ,। नेताहरु कार्यकर्ता र आन्दोलनकारीलाई प्रेरणा दिने , सभाहल र रणनीतिक तय गर्ने स्थानको काम गर्दथ्यो । यसले कांग्रेसको ऐतिहासिक पहिचान र प्रतिकत्व बनाइराखेको थियो ।
आन्दोलनको नाममा यो घर जलाईएपछि कांग्रेस भित्रै अहिले गम्भिर प्रश्न उठेको छ । यही धरोहर जलेर खरानी हुँदै गर्दा कांग्रेसका कार्यकर्ताहरु मौन दर्शक वा रमिते बनेको दृष्यले देशभरिका जनतामा निराश र आक्रोस फैलिएको छ ।
लोकतान्त्रिक इतिहासमा यसले ठूलो योगदान पुर्याएको तथ्य सवैलाई थाहा छ । तर विडम्वना यो भयो कि , यही निवास माथि आगजनी गर्न आएका सानो समूहलाई काग्रेस कार्यकर्ताले रोक्न त परै जाओस प्रतिवाद गर्न सम्म सकेनन । बरु रमिते भएर आगो सल्किदै गरेको हेरेर बस्न रुचाए । यी सवै तथ्यलाई केलाउदै कोइराला निवासलाई नजिकबाट बुझेका एक कार्यकर्ता भन्छन ?
राजनीतिमा अवसरबादी प्रवृतीको पराकाष्ठा यही घटनाबाट देखियो । कोइराला परिवार शक्तीमा हुँदा यही निवासलाई कार्यकर्ताहले लोकतन्त्रको आधारशिला भन्दै प्रशंसा गर्थे । तर आज यही
धरोहर जलाईयो त्यस्ता कार्यकर्ताबाट आवाज उठेन । अहिले भने , दुख लाग्यो , ऐतिहासिक सम्पदा गुम्यो भने देखावटी साहानूभुती मात्र पर्दशन भैरहेका छन । यसले कांग्रेसप्रति कार्यकर्ताहरुको प्रतिवद्धता खोक्रो भएको प्रस्ट पारेको छ ।
यतिवेला जनताले कांग्रेसका नेता तथा कार्यकर्तालाई गम्भिर प्रश्न गरेका छ — इतिहास बोकेको आफ्नै घर जलेर नस्ट हुँदा किन मौन बसियो ? दलको अस्तित्वलाई लोकतन्त्रको रक्षक भन्दै चिच्चाउनेहरु आज किन वेपत्ता भए ? ऐतिहासिक धरोहर जोगाउन नसक्नेहरुको देश जोगाउने दावीलाई जनताले कसरी विश्वास गर्ने ?
यी सवै प्रश्न उठिरहेको बेला आन्दोनकारीहरुले कोइराला निवास जलाएकोमा नागरिक समाजका अगुवाले यसलाई कसरी हेरेका छन त ?
यसरी भन्नु पर्दा कोइराला निवासको योगदान अमूल्य भएपनि यसको विनाशले दुई कुरामा कटुसत्य उजागर गरेको छ । पहिलो हो इतिहास जोगाउन नसक्नेले राजनीतिक भविश्यक जोगाउने दावी गर्न कठिन हुनेछ दोस्रो हो प्रजातनत्रको नाममा गर्व गर्ने दलका कार्यकर्ताले आफ्नो धरोहर जोगाउन सअमर्थता देखिए ।




