२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, १० वैशाख । लगातार आएको हावाहुरीका कारण झापामा मकै, केरालगायतका बालीनाली नष्ट हुँदा करिब दुई करोडको क्षति भएको छ ।

कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६ सय किसानले लगाएको १ सय ६९ हेक्टर जमिनको मकै, केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्‍याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

केन्द्रका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केरा खेतीमा क्षति पुगेको बताए । उनका अनुसार घोगा लागिसकेका मकै, पसाइसकेका र पसाउन लागेका केरा खेतीमा बढी क्षति पुगेको छ ।

हावाहुरीले करिब ५० लाख बराबरको केराको बोट नष्ट गरेको र मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!