२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उदयपुर, १९ वैशाख । पछिल्लो समय केही युवाहरु कृषिमा आत्मनिर्भर देखिन थालेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१ की उस्मा राई यसै कामबाट यतिबेला एक उदाहरणीय युवा बनेका छन् ।

३२ वर्षीया राईले मदन भण्डारी लोकमार्गसँगै जोडिएको त्रियुगा नगरपालिका–१ फुलजोरमा दुई बिगाहा जग्गामा अर्गानिक तरकारीखेती तथा पशुपालन थालेका छन् । उनले खाली बगरबनेको जमिनमा कृषि फार्म खोलेर राम्रो आम्दानी गरिरहेका छन् । अर्गानिक तरकारीखेती तथा पशुपालनको आयआर्जनबाट नै आत्मनिर्भर बनेको उनले बताए ।

एक वर्ष अघिबाट सुरु गरेको फार्ममा प्रशस्त टमाटर, भान्टा, भिन्डि, खुर्सानी, धनिया, तितेकरेला लगायतका तरकारीहरु फलेका छन् । फर्ममा कुखुरा, हाँस, टर्की, बंगुर, भैसी र माछा पनि पालेकी छिन् । तरकारीका साथै दुध तथा मासु पनि उत्पादन गरिरहेकी उनले “प्रर्देशी एग्रो कृषि फर्म” दर्ता गरेका छन् । उनका अनुसार करिव ३६ लाख लगानी गरेरसञ्चालनमा रहेको कृषि फार्मबाट गतवर्ष साग मात्र ६ लाखको विक्री भयो । धनियाँ तीनलाख बढिको बिक्रि भयो भने अन्य तरकारी र बंगुर, कुखुराबाट पनि लाखौं आम्दानी भएको छ ।

गाईघाट बजार नजिकै रहेकोले उत्पादन भएका बस्तु बजारमा समस्या नरहेको उनले बताए । राजमार्ग नै जोडिएकोले पनि कतिपयले फार्ममै पसेर किन्ने गरेका छन् । सुरुवातको समयमै लगानी अनुरुपको आम्दानी सन्तोषजनक रहेको उनको भनाई छ । उनले थप ५ बिगाहा जग्गा भाडामा लिएर धानखेती पनि गर्दै आएका छन् । उनले फार्ममा १० जनालाई रोजगारी दिएका छन् भने अब, महिला दिदि बहिनीलाई लक्षित गरेर ढाका कपडा बुनाईको कारखाना सञ्चालनको तयारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!