२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ वैशाख । जिल्ला प्रशासन कार्यालयले सुनसरीले जिल्लामा सक्रिय सङ्क्रमितको संख्या पाँच सय नाघेपछि निषेधाज्ञालाई थप कडा बनाइने बताएकाे छ । सुनसरी प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जिल्लामा पछिल्ला केही दिनयता सङ्क्रमितको संख्या बढ्दै गइरहेको छ ।

सुनसरी प्रशासनले सक्रिय सङ्क्रमित २ सय ५० पुग्दा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले हाल जारी निषेधाज्ञामा आंशिक कडाइ गरिएको बताउँदै आएको छ । तर सक्रिय संक्रमितको संख्या पाँच सय नाघेमा निषेधाज्ञा थप कडा बनाउने पोखरेलले जानकारी दिए ।

‘सुनसरीको कोसी, हरिनगरा, देवानगञ्ज, बर्जु र भोक्राहा नर्सिङ गाउँपालिकाका सबै सीमा सिल गरेर भारतीय नागरिकहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । यसले कोरोना संक्रमण थप फैलिन रोक्छ’, उनले ग्रामीण खबरसँग भने, ‘त्यै पनि जोखिम कायमै छ । यसैले पाँच सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा थप कडा बनाउँछाैँ ।’

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा कुल सङ्क्रमितको संख्या ५ सय १२ पुगेको छ भने दोस्रो लहरको संक्रमण सुरु भएपछि जिल्लामा ९ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!