इटहरी, २३ वैशाख । सुनसरीको इटहरीमा नग्न अवस्थामा एक पुरुषको शव भेटिएको छ । इटहरी उपमहानगरपालिकाको पूर्व लाइनमा रहेको टेङ्ग्रा खोला नजिकै एक व्यक्तिको नग्न अवस्थामा शव फेला परेको हो ।
बिहीबार (आज) टेङ्ग्रा खोला पुल छेउमा एक पुरूषको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए । पुरुषको कुटपिटबाट मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।
अन्दाजी ३० वर्षका पुरुष सडकपेटीमा बस्ने मानवजस्तो देखिएको उनले बताए । एक अपरिचित व्यक्तिको शव फेला परेको हो,शवको प्रकृति हेर्दा कुटपिटबाट मृत्यु भएको अनुमान गर्न सकिन्छ ।
उनको पहिचान खुलेको छैन । प्रहरी अहिले घटनास्थलमै रहेर मुचुल्का उठाउने काम भइरहेको डीएसपी केसीले बताए । उनका अनुसार प्रहरीले घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको छ ।




