विराटनगर, २३ वैशाख । नेपाली काङ्ग्रेस सुनसरीले पार्टी कार्यालयको भवन आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय सरकारलाई जिम्मा दिने भएको छ । सुनसरी जिल्ला सभापतिसमेत रहेका प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले इनरुवामा रहेको पार्टी कार्यालयको भवनलाई आइसोलेसन बनाउन दिने भएको हो ।
उनले कोरोनालो दोस्रो लहरले आक्रान्त बनाइरहेका बेला नेपाली कांग्रेस सुनसरीले आफ्नो पार्टी कार्यालय आइशोलेशन निर्माणका लागि दिने निर्णय गरेको सभापति कोइरालाले जानकारी दिए ।
दुई तले भवनको दुई वटै तलालाई आइसोलेसन सेन्टर बनाउन सकिने कोइरालाले बताए । ‘कोरोनाको दोस्रो लहर सुरु भएपछि आइसोलेसन सेन्टर निर्माण गर्न इनरुवा नगरपालिकालाई भवन जिम्मा दिएका छौँ,’ उनले भने, ‘दुई तला अट्याच बाथरुमसहितको छ, नगरपालिकाले भवन सञ्चालन गर्छ ।’




