२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ वैशाख । गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ नक्कली बनाएर बिक्री गरेको आरोपमा बिराटनगरबाट दुई जना पक्राउ परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीको टोलीले विराटनगरको नोबेल मेडिकल शिक्षण अस्पतालअगाडि रहेको साथी फार्मेसीका सञ्चालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको छ ।

नक्कली औषधी बिक्रीवितरण गरेको आरोपमा शुक्रबार प्रहरीले आलम र यादवलाई पक्राउ गरेको हो । सो गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजारदेखि २५ हजारसम्म मूल्यमा नक्कली रेमडिसिभिर भन्दै कारोबार गर्ने गरेको खुलेको छ ।

उनीहरूले भण्डारण गरेको नक्कली रेमडिसिभर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले नक्कली इन्जेक्सन बिक्री वितरण गरेको सूचना बाहिरिएपछि छापा हानेर पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!