२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २५ वैशाख । सुनसरीको देवानगञ्ज गाउँपालिकाका कोरोना भाइरस संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिएको छ । शनिबार देवानगञ्ज गाउँपालिकाको आयुर्वेद शाखाले होम आइसोलेसनमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गरेकाे हो ।

आयुर्वेद शाखाका प्रमुख जिवच्छकुमार पञ्जियारका अनुसार देवानगञ्ज वडा नं २, ३ र ६ मा होम आइसोलेसनमा रहेका संक्रमितलाइ अमला चुर्ण, साैगान्धा चूर्ण, सितोता लगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि  वितरण गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख उमेशकुमार मेहता र पञ्जियारले होम आइसोलेसनमै पुगेर उनीहरूलाइ आयुर्वेदिक औषधि दिएका हुन् । यो अभियान आजबाट सुरु भएपनि निरन्तरता दिइने आयुर्वेद शाखा प्रमुख पञ्जियारले जनाए ।

देवानगञ्जमा अहिले १६ जना सक्रिय संक्रमित छन् । जसमध्ये आजै मात्र होम आइसोलेसनमा रहेका एक जनाको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!