२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
बुढीगंगा, २७ वैशाख । मोरङको बुढीगंगा गाउँपालिकास्थित गाईगोठमा आगलागी भएकाे छ । बुढीगंगा- ६ कोयलपुरका जंगबहादुर तामाङको गाईगोठमा आगलागी हुँदा गोठसहित ७ वटा बाख्रा, १ वटा गाई जलेका छन् भने २ वटा बाख्रा र १ वटा गाई घाइते भएका छन् ।
सोमबार बिहान २ बजे तामाङको गाईगोठमा आगोलागी भएको थियो । आगलागी हुनासाथ प्रहरी र स्थानीयको सहयोगमा बिहानको राति ३ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षती भएको र अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!