२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोजपुर, २७ वैशाख । भोजपुर जिल्लाको दुर्गम स्थानीय तहमध्येको एक रामप्रसादराई गाउँपालिकाका कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले आफूलगायत केही कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार उपाध्यक्ष सम्झना राई तथा वडाध्यक्षलगायतको जनप्रतिनिधि एवम प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, योजना, प्रशासन, कृषि, इन्जिनियरीङलगायतको शाखामा कार्यरत कर्मचारीहरू, सवारी चालक, कार्यालय सहयोगी, क्यान्टिन सञ्चालकलगायत १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अति आवश्यक स्वास्थ्यसेवाबाहेक सबै सेवाहरु स्थगित गरिएको उनले जानकारी दिए । थप कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनको भनाइ छ ।

त्यसबाहेक गाउँपालिकाले गाउँपालिका केन्द्रभित्र रहेका सम्पूर्ण पसल तथा बैंक बित्तीय संस्थासमेत आगामी जेठ ३ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष विजय राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!