मोरङ, २८ वैशाख । मोरङ विराटनगर-१३ का २८ वर्षीय वीरनारायण यादवलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
सोमबार बेलुका ८ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१६ दरैया बस्तीबाट उनलाई लागूऔषध स्पान्कर-भनप्लस ४८ चक्की, नाईट्रोसन ६२ चक्की, डाइयक्स डिएक्स १० बोतलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।




