झापा, ३० वैशाख । झापाको मेचीनगर नगरपालिका-१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक मेचीनगर नगरपालिका-१२ का ३० बर्षीय कुजैहाङ लिम्बू रहेका छन् ।
बुधवार राति सवा ९ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किँएको थियो ।
सो दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।




