२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

चितवन, २७ असोज । चितवनका सफल र कुशल पौडेल दाजुभाइले सोलारबाट चल्ने कार बनाएका छन् । भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका दाजु-भाइले लकडाउनको समयलाई सदुपयोग गर्दै सोलारबाट चल्ने कार बनाएका हुन् ।

मोटर इन्जिन राखेर गल्फ कार बनाएको सफलतासँगै फेरि उनीहरुले १ महिनाको अवधिमा ४ पांग्रे कार बनाएका हुन् । उनीहरुले केही समय अगाडि १ पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरी गल्फ कार निर्माण गरेका थिए । जसमा बत्ती, हर्नको लागि सोलार जडान गरिएको थियो । मारुती भ्यान र अटोरिक्साको चक्का राखेर निर्माण गरिएको गल्फ कारबाट उनीहरु चर्चित भएका थिए ।

फेरि उनीहरुले ‘सोलार कार’ बनाएका हुन् । साे कार ५० किलोमिटर प्रति घण्टा गुड्न सक्छ । सोलार प्यानल जोडेर बनाएको कारको उनीहरुले सफल परिक्षणसमेत गरेका छन् ।

विना इन्जिनको नेप्रो प्रोजेक्टमा उनीहरुले ३ लाख लगानी गरेका छन् । इन्धन खरिदमा बर्सेनि देशबाट मोटो रकम विदेसिँदै आएकोले यसलाई रोक्न र देशमा नै सौर्य ऊर्जाको उपयोग गरी सवारी चलाउन सकिन्छ भनेर यो कार तयार गरेको कुशलले भने ।

विनाइन्धन उज्यालो नेपाल आफूहरुको लक्ष्य भएको उनले सुनाए । विनापेट्रोल, विनाविजुली चल्ने कारको विषेशता रहेको पौडेलको भनाइ छ ।

कारमा ४ वटा सोलार प्यानल जडान गरिएका छन् । प्रत्येक प्यानल १ सय ५० वाट क्षमताका छन् । डी.सी. मोटरको प्रयोग गरेर ४८ भोल्ट अर्थात् १ हजार वाट मोटर प्रयोग गरी कार तयार भएको छ ।

कार दिउँसोमा घाम लागेको बेला सोलारबाट चल्छ, रोकेको बेला सौर्य उर्जा सञ्चित भई रातको समयमा पनि चल्छ । सरकारले सहयोग गरेमात्र युवाको ‘फ्रेस ब्रेन’ लाइ ‘ब्रेन ड्रेन’ हुनबाट बचाउने सफल पौडेलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!